Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरामदेव तेलद्वारा पुरस्कार वितरण

रामदेव तेलद्वारा पुरस्कार वितरण


काठमाडौं । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले आइतबार एक समारोहका बीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार वितरण गरेको हो । प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीहरुमध्ये दुई जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । विजेता जोरपाटी काठमाडौंकी लता शाह तथा बालाजुकी सुस्मिता नेपाललाई रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रामदेव तेलले नेपालीहरुको महान् चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना यसअघि नै सार्वजानिक गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x