Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर शुभारम्भ

सीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर शुभारम्भ


काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतीक्षित आईपीटीभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आईपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउनेछन् ।

आइपीटीभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् भने ती च्यानलमध्ये एक सय २५ वटा एचडी र एक सय ३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सीजीनेटले आफ्ना ग्राहकहरुका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सीजीनेट जोडी सेवा सुरु गरेको हो । सीजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् ।

स्प्रिन्टर जोडी (८० एमबीपीएस प्लस आइपीटीभी)को प्रतिमहिना आठ सय १० रुपैयाँ, पपुलार जोडी (१५५ एमबीपीएस प्लस आइपीटीभी)को एक हजार ५५ रुपैयाँ र रकस्टार जोडी (३०५ एमबीपीएस प्लस आइपीटीभी) को प्रतिमहिना एक हजार तीन सय ७४ शुल्क लाग्नेछ । त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमबीपीएसको साथमा आइपी टीभीको दुई हजार छ सय ४० रुपैयाँ, पपुलार जोडी एमबीपीएसको साथमा आईपी टीभीको तीन हजार सात सय ५० रुपैयाँ र रक स्टार जोडी ३०५ एमबीपीएसको साथमा आईपी टीभीको नौ हजार सात सय २० रुपैयाँ शुल्क लाग्नेछ ।

यस्तै वार्षिक योजनाअनुरुप स्प्रिन्टर जोडी ८० एमबीपीएसको साथमा आईपी टीभीको नौ हजार सात सय २० रुपैयाँ, पपुलर जोडी एमबीपीएसको साथमा आईपी टीभीको १२ हजार छ सय ६० रुपैयाँ र रक स्टार जोडी ३०५ एमबीपीएसको साथमा आइपी टीभीको १६ हजार चार सय ८८ रुपैयाँ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक दुई हजार छ सय शुल्क तिर्नुपर्नेछ । यसका साथै सीजीनेटले बदलिँदो समयअनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजानेछ । सीजी डिजिटलले सीजीनेटसँगको सहकार्यमा सार्वजनिक गरेको सीजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबीपीएस र आइपिटीभीका साथमा ४३ इन्चको सीजी टीभी ३५ हजार नौ सय ९९ रुपैयाँमा र ८० एमबीपीएस र आइपिटीभीका साथमा ३२ इन्चको सीजी टीभी २५ हजार चार सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यीे जोडी प्याकेजहरु सीजी नेट कार्यालय, सीजी डिजिटल आउटलेट, सीजीनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्तगर्न सक्नेछन् । कम्पनिका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौंडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी सात प्रमुख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x