जाल्पा सामुदायिक लघुवित्तको नाफा नौ करोड ८६ लाख
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा नौ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा दुई अर्ब ५५ करोड ८४ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब पाँच करोड २५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ५० लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब १२ करोड २७ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६० करोड १५ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया