Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा क्यापिटलको ‘नारी पोर्टफोलियो सेवा’मा छुट

मेगा क्यापिटलको ‘नारी पोर्टफोलियो सेवा’मा छुट


काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात् पोर्टफोलियो व्यवस्थापन सेवाप्रदायक कम्पनीहरूमध्ये छोटो समयमा मेगा क्यापिटल लिमिटेडले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको जानकारी दिएको छ । सोहीअनुसार यस वर्षको हरितालिका तीजको उपलक्ष्यमा नारी सशक्तीकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान घोषणा गरेको छ ।

कम्पनीले नारीहरूले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु-याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरूबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा न्यूनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरूबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भाद्र १२ गतेदेखि असोज १२ सम्म लागू हुनेछ ।

कम्पनीका अनुसार यो सेवामा एमएमसी पूर्णरूपमा निःशुल्क हुनेछ । सो सेवा आफूसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिने । पीएमएसको सम्पूर्ण जानकारी अनलाइनमार्फत वा प्रत्यक्ष भेटघाटबाट गराइनेछ । इच्छिुक नारीहरूले उक्त सेवासम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८, ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x