Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपिपुल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट

पिपुल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट


काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आइतबार प्राथमिक सेयर बाँडफाँटकार्य सम्पन्न गरेको हो । पिपुल्स पावरको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका एक हजार छ सय आठ तथा अन्य कारणबाट आवेदन रद्द भएका तीन हजार पाँच सय चारबाहेक बाँकी रहेका योग्य आवेदनहरू १५ लाख ५१ हजार चार सय १३ वटामध्येबाट दुई लाख २९ हजार चार सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार छ सय ८० र दुई जनालाई थप एक कित्ता गरी जम्मा २२ लाख ९४ हजार छ सय ८२ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई साउन ३१ गतेदेखि भदौ ०५ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कुल सेयर २४ लाख ६७ हजार चार सय कित्तामध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशतबराबर एक लाख २३ हजार तीन सय ७० कित्ता तथा कर्मचारीलाई पाँच प्रतिशतबराबर ४९ हजार तीन सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार छ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब सात दशमलव ३७ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको हो । बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट र तथा सीडीएससीको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x