Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता

एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता


काठमाडौं । एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआइआई) बीच सम्झौता भएको छ । बैंकले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेसम्बन्धी सम्झौता गरेको जानकारी दिएको छ ।

बैंक बीआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको जानकारी पनि बैंकले दिएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने विश्वास पनि बैंकले लिएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर दुई सय एक वटा शाखा, एक सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x