Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहकप्रद सेयर जारी गर्ने तयारीमा रहेको मेटल कम्पनी किन आएन सञ्चालनमा ?

हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको मेटल कम्पनी किन आएन सञ्चालनमा ?


काठमाडौं । खर्बौँ आम्दानी दिने नेपाल मेटल कम्पनी सञ्चालनका अधिकांश प्रक्रिया पूरा गरेको छ । तर, दुर्भाग्य सञ्चालनमा आउन सकेन ।

कम्पनीले उल्लेख गरेको निर्णयलाई जस्ताको त्यस्तै राख्दा, थप लगानीको लागि हकप्रद सेयर जारी गरिनेबारेको १५ दिने सूचना जारी भइसकेको थियो । ‘हो, हामीले कम्पनी सञ्चालनमा ल्याउन भरमग्दुर प्रयास गरेको थियौँ प्रगति पनि भएको थियो तर सकेनौँ, अहिलेसम्म सकेका छैनौँ’, कम्पनीका लेखा अधिकृत हरिप्रसाद घिमिरले आर्थिक दैनिकसँग भने ।

पुँजीवृद्धिलाई लिएर नेपालको खेतान समूह र हङकङको केके वामफोर्ड एण्ड कम्पनी लिमिटेडबीच विवाद भएसँगै कम्पनी सञ्चालनमा थप जटिलता देखियो । सरकारले कम्पनीको पुँजीवृद्धि आवश्यक रहेको भन्दै निर्णय ग¥यो । पुँजीवृद्धिका लागि चिनियाँ कम्पनी तयार भए तर खेतान समूह मानेन । अदालत गयो । जसले गर्दा सञ्चालन तथा विकासमा अवरोध भएको अधिकृत घिमिरले बताए ।

‘हाल सो विवादको बहस सर्वोच्च अदालतमा चलेको छ । हामी निर्णय कुर्दै छौँ अदालती प्रक्रिया लामो छ तर यसको विकास गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ’, उनले भने । २०७४/०७५ मा सरकारले लगानी वृद्धि गर्ने निर्णय गर्दै चिनियाँ कम्पनी भित्रिएको थियो । आजभन्दा तीन दशक अघि गरिएको अध्ययनमा कम्पनीले सात खर्ब ३३ अर्ब रुपैयाँ आम्दानी हुने तय गरिएको थियो ।

यस्तै, अर्कोतर्फ लगानी वृद्धि गर्नका लागि व्यवस्थापन समेत भएको देखिन्छ । सरकार, व्यवसायी र जनताको समेत लगानी रहेको कम्पनीमा सबैभन्दा बढी सेयर नेपाल सरकार तथा सबैभन्दा कम सर्वसाधारण जनताको रहेको छ । जसमा सरकारको १२ करोड २९ लाख चार हजार रुपैयाा (७१.३१ प्रतिशत), म्युचुअल टे«डिङ कम्पनी प्रा.लिको दुई करोड ३२ लाख ५० हजार रुपैयाँ (१३.५० प्रतिशत), छाइयुएन मिनरल्स प्रा.लि दुई करोड २५ लाख ६० हजार रुपैयाँ (१३.०८ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक (साबिक एनआईडीसी)को १९ लाख ९४ हजार रुपैयाँ (१.१६ प्रतिशत), सर्वसाधारण जनता (८४५ जना) १६ लाख ४० हजार रुपैयाँ (०.९५ प्रतिशत) सेयर रहेको छ । कुल १७ करोड ८३ लाख ४८ हजार रुपैयाँ लगानी रहेको थियो ।

लगानी व्यवस्थापन भए पनि त्यो पर्याप्त भने थिएन । हिमालको फेदीमा खानी निर्माण गरी उत्खनन गर्ने हुँदा पुँजी भने ठूलो मात्रामा आवश्यक थियो । कम्पनी सञ्चालनका लागि अधिकृत पुँजी नौ अर्ब ४० करोड ६० लाख रुपैयाँ, जारी पुँजी नौ अर्ब ४० करोड ६० लाख रुपैयाँ र चुक्ता पुँजी १७ करोड २३ लाख ४८ हजार रुपैयाँको आर्थिक संरचना थियो ।

कम्पनीले गणेश हिमालको १४ हजार पाँच सय फिट उचाइमा खानी निर्माण गरी जस्ता तथा सिसा धाउको उत्खनन तथा प्रशोधन गर्नुपर्ने हुन्थ्यो । यति हुँदाहुँदै पनि कम्पनी सञ्चालनको लागि सरकारी निकाय भने तयारी अवस्थामा थियो । उसले गरेका प्रक्रियाहरु उल्लेखनीय छ । ११ वटा बुँदामा कम्पनी सञ्चालनका लागि गरिएको प्रयास तथा प्रगतिको विषयमा उसले समेटेको समेत छ ।

कम्पनी सञ्चालनका लागि हालसम्म गरिएका प्रयासहरु तथा प्रगति :
– कम्पनी सञ्चालक समितिबाट पुँजी वृद्धि गरी थप लगानीका माध्यमबाट कम्पनी सञ्चालन गर्ने निर्णय ।
– पुँजी वृद्धि सम्बन्धमा उद्योग तथा अर्थ मन्त्रालयबाट राय प्राप्त ।
– कम्पनीको विशेष साधारणसभाबाट पुँजी वृद्धिको निर्णय ।
– कम्पनी सञ्चालनको मोडालिटीका विषयमा मन्त्रिपरिषद्बाट निर्णय ।
– वृद्धि गरिएको पुँजीसहितको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रबन्धपत्र र नियमावली स्वीकृत ।
– आ.व.२०७७/०७८ सम्मको कम्पनी रजिष्ट्रारमा अद्यावधिक, खानी तथा भूगर्भ विभागमा आ.व.२०७८/२०७९ सम्मको नवीकरण भइसकेको र कर कार्यालयबाट आ.व. २०७७/२०७८ सम्मको करचुक्ता प्राप्त गरिसकिएको ।
– औद्योगिक प्रवर्द्धन विकास बोर्डबाट कम्पनीको वृद्धि गरिएको पुँजी स्वीकृत ।
– कम्पनीको आ.व.२०७२/०७३ सम्मको सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी आर्थिक तथा प्राविधिक विश्लेषण (डीडीए) सम्पन्न गरी प्राप्त प्रतिवेदन उद्योग मन्त्रालयमा प्रस्तुत भइसकेको छ ।
– थप लगानीका लागि हकप्रद सेयर जारी गरिनेबारेको १५ दिने सूचना जारी भइसकेको ।
– नियमित रुपमा आ.व.२०७७/०७८ को वार्षिक साधारणसभा सम्पन्न । २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको मिति २०७९/०२/२७
– विदेशी लगानीकर्ता छाइयुएन मिनरल्स प्रा.लि.को मागबमोजिम परियोजना सञ्चालन सम्झौताका लागि उद्योग मन्त्रालयमा अनुरोध गरी पठाइएको ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x