मुढेमा हिल स्टेसन निर्माण गरिने
काठमाण्डौं,फागुन १५
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेसन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताए । कुल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिनेछ ।
समुद्री सतहबाट २५ सय मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको शैलुङ, कालीञ्चोक मन्दिर, गौरीशङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया