Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखोटाङ दिक्तेल महोत्सवमा साढे एक करोड कारोबार

खोटाङ दिक्तेल महोत्सवमा साढे एक करोड कारोबार


खोटाङ,फागुन १५

खोटाङ दिक्तेल महोत्सवमा साढे एक करोड रुपैयाँबराबरको कारोबार भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोबार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट सुरु भएको १० दिने महोत्सवमा एक करोड ५३ लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको थियो ।

महोत्सवमा विभिन्न १२० बिक्री कक्षबाट एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट २० लाख, होटल व्यवसायबाट १५ लाख, टिकट बिक्रीबाट १५ लाख ३० हजार र यातायात सेवामा तीन लाखबराबरको कारोबार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । एक लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । यद्यपि महोत्सवका कारण वार्षिक २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ ।

खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो । त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x