Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ सय ७३ बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय ७३ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ७६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २१ दशमलव ९७ अंकले ओरालो लागेर १९ सय ७३ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार पाँच सय ८४ पटकको कारोबारमा २९ लाख ९२ हजार आठ सय ७३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुरुप आज कुल कारोबार रकम एक अर्ब १२ करोड ६२ लाख १७ हजार आठ सय ६२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्येमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x