श्री लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारीको पद नै अवैध !
काठमाडौं । आफूलाई सीईओ र निर्देशक दुवै पदमा आसीन श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सुरेन्द्र भण्डारी गैरकानुनी रुपमा पदमा रहेको पाइएको छ ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ४ विपरीत भण्डारी अवैध रुपमा पदमा रहेका छन् । स्थापनाकालदेखि नै सहकारीको प्रमुख कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत रहँदै आएका भण्डारी सहकारी ऐन जारी भएको चार वर्षमा स्वतः पदबाट हट्नुपर्ने हो ।
उक्त ऐनअनुसार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थामा कुनै पनि सञ्चालक कर्मचारी रहन पाउँदैनन् । २०७४ मा ऐन जारी भएको चार वर्षभित्र पदबाट हट्नुपर्ने उल्लेख छ । तर, ऐन जारी भएको पाँचौँ वर्षमा पनि भण्डारी पदबाट हटेका छैनन् । उनी सहकारीका सञ्चालक तथा सचिव हुन् । उनी सीईओ र निर्देशकको रुपमा रहेका छन् ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको वेबसाइटमा जनाइएअनुसार अध्यक्ष अमरदास श्रेष्ठ छन् । उपाध्यक्षमा हजुरी विष्ट छिन् । सुरेन्द्र भण्डारी सञ्चालक समितिको सचिव तथा सीईओ छन् । यसरी दुवै पदमा एकै व्यक्ति रहनु ऐनको बर्खिलाप हुन जान्छ । उनले सीईओको हैसियतमा पत्र काट्ने र सूचना जारी गर्ने गरेका छन् । यता कम्पनी सचिव र सञ्चालक समितिको हैसियतमा वार्षिक साधारणसभाको आह्वान गर्ने काम समेत गरेका छन् ।
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले यस विषयमा आफूहरुले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्ने बताए । ‘पहिले हामीले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्छौँ । एउटा पद छोड भनेर सुझाव दिन्छौँ । यदि दुवै पदमा बस्छु भन्यो भने मौजुदा कानुनअनुसार कारबाही गर्ने विभागले हो’, उनले भने ।
यस विषयमा जानकारी लिन बुधबार आर्थिक दैनिकले सम्पर्कमा आउन भन्दै गरेको म्यासेज र फोनको भण्डारीले जवाफ नदिई बसेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया