Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य

क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य


काठमाडौं । क्यूएफएक्सले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग तीन वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्सको एप/वेबका साथै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन् ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लग इन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो । सम्झौतापश्चात्क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत मुभी टिकट खरिद गर्न सक्नेछन् । साथै क्यूएफएक्सको एप/वेबबाट पनि टिकट खरिद गरी खल्ती बाट पनि भुक्तानी गर्न सकिनेछ । भदौ १ गतेदेखि लागू भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट र खल्ती पोइन्टस पनि प्राप्त गर्नेछन् । यस सहकार्यपछि खल्तीले आगामी तीन वर्षका लागि क्यूएफएक्स सिनेमाको रुचाइएको भुक्तानी साझेदार हुनुका साथै क्यु आर प्लेसमेन्ट र अन्य अनस्क्रिन र अफस्क्रिन ब्राण्डिङ्ग र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ ।

खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केही ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरेपश्चात् क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती र क्यूएफएक्सबीचको साझेदारीले मुभी टिकट खरिद प्रक्रियालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीमाझ निकै हर्ष छाउने बताए । यसैगरी क्यूएफएक्सका महाप्रबन्धक प्रशंसा पाण्डेले क्यूएफएक्सले सधैँ ग्राहकहरुको सिनेमा हेर्ने अनुभवलाई प्राथमिकता दिँदै आएको र खल्तीसँगको सहकार्यले ग्राहकहरुलाई थप सुविधा दिने उल्लेख गरिन् । क्यूएफएक्स सिनेमा टिम क्वेष्ट प्रालिद्वारा सञ्चालित ब्राण्ड हो जसअन्तर्गत हाल नेपालभर ११ स्थानहरुमा फ्रेन्चाइज मोडलमा सञ्चालित भएका छन् । साथै छिट्टैमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x