Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा

भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीको राजीनामा


नयाँ दिल्ली । आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबर्जस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मंगलबार राजीनामा दिएकी छन् ।

पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले एक वाक्यमा उनीसँग पदमा रहिरहन कुनै शर्त बाखि नरहेको भन्दै राजीनामा दिएकी छिन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको उल्लेख गरिएको छ ।

एक गर्भवती भारतीय महिलाको डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण अर्को साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो । अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x