लगातार ओरालो लाग्दै विश्व सेयरबजार
युरोप, फागुन १५
विश्व सेयरबजार कोरोना भाइरस संक्रमणको फैलिँदो अवस्थाका कारण लगातार ओरालो लाग्न थालेको छ । लगातार पाँचौँ दिन बजार सूचक ओरोलो लागेको बीबीसीले जनाएको छ । लन्डनमा एफटीएसई १०० इन्डेक्स १.१ प्रतिशतले ओरालो लागेको छ । अन्य युरोपेली बजारलाई पछ्याउँदै सेयर सूचक ओरालो लागे पनि पछि केही सुधार देखिएको थियो । त्यस्तै एसियामा जापानको निक्की २२५ इन्डेक्स शून्य दशमलव आठ प्रतिशतले र हङकङको हाङसाङ सूचक पनि शून्य दशमलव सात प्रतिशतले गिरावट आएको छ ।ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी दिएसँगै सेयरबजारमा त्यसको प्रभाव पर्नथालेको हो । मंगलबार एफटीएसई१०० १२ महिनायताकै न्यून विन्दुमा पुगेको बताइएको छ । लगानीकर्ताहरु नोक्सानी व्यहोर्नुपर्ने डरले सुरक्षित स्थानमा आकर्षित भएका कारण सेयरबजारमा गिरावट आएको छ ।
उनीहरुले सेफ हेभनका रुपमा लिइने सुनमा लगानी स्थानान्तरण गरिरहेका छन् । धेरै कम्पनीले भाइरसले बिक्रीमा असर पु¥याएको बताइरहेका छन् ।त्यस्तै क्रेताहरु भाइरस फैलिने त्रासमा घरभित्रै बसिरहेका छन् । त्यसले कम्पनीहरुको बिक्रीमा प्रभाव परेको हो । चीनमा ७७ हजार मानिस यसबाट संक्रमित भएका छन् । २६ सय जनाले ज्यान गुमाइसकेका छन् । चीनबाहिर पनि १२ सय जनामा यसको संक्रमण फेला परेको छ । ३० देशमा फैलिएको भाइरसको कारण चीनबाहिर पनि मर्नेको संख्या २० नाघिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया