Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६ मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको अनुमति

६ मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप छवटा मर्चेन्ट बैंकर कम्पनीहरुलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापककोरूपमा काम गर्न लागि अनुमति दिएको छ । बोर्डका अनुसार यसअघि दुईवटा कम्पनीले मात्र विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापनको रुपमा काम गर्न आइतबार यी छवटा कम्पनीहरुले अनुमति पाएसँगै यस्तो अनुमति पाउने मर्चेन्ट बैंकर कम्पनीको संख्या आठ पुगेको छ ।

पुँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम कोष व्यवस्थापकको काम गर्न आइतबार नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटलसहित छवटा मर्चेन्ट बैंकरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र हस्तान्तरण गरेको हो । यसरी अनुमति पाउने कम्पनीहरुमा प्रभु क्यापिटलसहित एनआईबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल रहेका छन् । यसअघि भने ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डले विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमति दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसँगै प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, हेज फण्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपालीलगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी स्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजीबजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x