Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसत्यदीप ग्रुपका नयाँ उत्पादन सार्वजनिक

सत्यदीप ग्रुपका नयाँ उत्पादन सार्वजनिक


काठमाडौं । सवारीसाधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग सार्वजानिक गरेको छ । भारतको प्रसिद्ध कम्पनी बोसको सहयोगमा गत शुक्रबार कम्पनीले उक्त क्याटलग सार्वजनिक गरेको हो ।

सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारीसाधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरुको कार्यमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपबारे समेत जानकारी आदानप्रदान गरिएको थियो । क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोसजस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् । सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेहिकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x