Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक प्रहरीको ब्ल्याक एन्ड ह्वाइट अपरेसन

ट्राफिक प्रहरीको ब्ल्याक एन्ड ह्वाइट अपरेसन


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाका सवारीचालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर मंगलबारदेखि ब्ल्याक एन्ड ह्वाइट नामक अपरेसन सुरु गरेको छ । प्रहरीले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरेको थियो ।

उक्त चेकजाँचको क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने एक सय ८९ जना, तीव्र गतिमा सवारीसाधन चलाउने आठ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने पाँँच सय ४३ जना गरी सात सय ४० जना चालकहरू कारबाहीमा परेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x