Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलको ‘एक्सप्रेस डिम्याट सेवा’

एनआईसी एसिया क्यापिटलको ‘एक्सप्रेस डिम्याट सेवा’


काठमाडौं । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी सहज रूपमा डिम्याट खाताको पहुँच सेवाग्राही माझ पु¥याउँदै आइरहेको छ । हालको व्यवस्थाअनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरूलाई सहजरूपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा सञ्चालन गरिएको हो ।

अहिलेको व्यस्त समयमा सेवाग्राहीहरूलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो सेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराइने हुँदा सेवाग्राहीहरूले उक्त योजनाबाट लाभ लिई सहज र झनझटरहित रूपमा डिम्याट तथा मेरो सेयर खाता प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । एनआईसी एसिया एक्सप्रेस डिम्याट सेवाअन्तर्गत क्यापिटलका कर्मचारीहरू स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यो सेवा प्राप्त गर्नको लागि क्यापिटलको इमेल ठेगानामा अनुरोध पठाउन वा क्यापिटलको मोबाइल नं. ९८५११२२९९४ मा सोझै कल वा मिसकल गर्न सकिनेछ । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरूको समूह हुनुपर्ने र हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्रको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x