यातायात व्यवस्थापनका आइडिया लिएर आउन नयाँ स्टार्टअपलाई आग्रह
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नयाँ स्टार्टअपहरुलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मलेनको ‘इन्फ्राइस्टक्चर मार्केटप्लेस’ सत्रमा उनले यातायात व्यवस्थापनका आइडिया लिएर आए लगानी गर्न सरकार तयार रहेको बताए ।
स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनको भनाइ थियो । उक्त सत्रमा ५० वटा आवेदनबाट छनोट भएका १० मध्ये पनि उत्कृष्ट पाँच श्रेणीमा परेका पाँच जनाले आफ्नो आइडिया प्रस्तुत गरेका थिए । पाँच वटामध्ये एउटा घर बनाउने, दुईवटा ट्राफिक व्यवस्थापन र दुईवटा हार्बेस्टसम्बन्धी आइडिया सेयर गरिएको थियो ।
सुमन राज भारतीले घर बनाउ डट कम आइडिया सेयर गरेका थिए । घर बनाउन आवश्यक प्रक्रियादेखि सबै सामान अनलाइन बजारमा पाइने उनको भनाइ थियो । उनको आइडियामा जजहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए । उनले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दाबी गरे ।
यस्तै जोसेप श्रेष्ठले हाइवे एण्ड एडप्टिक ट्राफिक म्यानेजमेन्ट कन्ट्रोल सिस्टम आइडिया सेयर गरेका थिए । उनको आइडियाअनुसार डिभाइसमार्फत गाडीको अनुगमन गर्न सकिने थियो । यसैगरी आइडिया मास्टर सौरभ सिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गरको थिए भने कपिल अधिकारी र पदम थापाले ट्राफिक ट्रयाकिङ र व्यवस्थापनसम्बन्धी आइडिया प्रस्तुत गरेका थिए । आइडिया मास्टर किरण गुरूङले भने धान रोप्ने मकै, कोदो काट्ने मेसिनको आइडिया प्रस्तुत गरे ।
आइडिया मास्टरहरूको मूल्यांकनका लागि यातायात सचिव गोपाल प्रसाद सिग्देलसहित नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष इञ्जिनियर हरि बहादुर दर्लामी, पूर्वाधार विज्ञ इन्जियर कमल राज पाण्डे, आर्किटेक्चर राजेश थापा, आर्किटेक्चर तुकलाल अधिकारी, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल, नेपाल इन्जिनियर एसोसिएसनका पूर्वअध्यक्ष डा. हरेराम श्रेष्ठ र आइडिया स्टुडियोका अध्यक्ष डा. तेर्सिङ लामा थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया