Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ


बर्दिया । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका–४ बस्ने अमेरिका थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ वैशाख सात गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा सात दिन कैद र आठ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x