विराटनगरमा फड्का खेलका खेलाडीको सक्रियता बढ्दो
विराटनगर । विराटनगरमा अवैध जुवाजन्य फट्का खेल खेलाउने गिरोहको सक्रियता बढेको छ । केही समय मथ्थर भएको यो खेल फेरि मौलाउँदै गएको पाइएको हो ।
केहीअघि मात्रै प्रहरीले चार खेलाडी, रकम र तिनले प्रयोग गर्ने सामग्री पक्राउ तथा बरामद गरेको थियो । भारतमा भएको इन्डियन प्रिमियर लिगको समयमा यसले प्रश्रय पाएको थियो । उक्त बेला विराटनगरमा मात्रै दैनिक करोडौँको सट्टेबाज हुने गरेको प्रहरीको अनुमान छ । पछिल्लो समय भने अन्य लिगमा समेत सट्टेवाज हुनथालेको छ ।
विराटनगरमा हुने फट्का तथा सट्टेबाजमा केही विराटनगरकै व्यापारीका छोराछोरीहरूले यस्तो खेल खेल्ने गरेको पाइएको छ । यसमार्फत करोडौंको कारोबार उनीहरुले गर्ने गरेका छन् । सट्टेवाजहरुले दिनभर क्रिकेटमा हुने खेलका आधारमा स्थानीय खेलाडी व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने गरेका थिए । यसअघि मोरङ प्रहरीले कडाइ तथा निगरानी बढाएपछि लामो समयसम्म मथ्थर भएको थियो ।
अवैध जुवाजन्य फट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको पाइएको छ । नेपालबाट बुकीको काम गर्नेहरुले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्ने गरेका छन् । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरुले फट्काको दाउमा सट्टा लिने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया