नवलपरासी प्रहरीद्वारा ४४ लाखको अवैध सामान बरामद
बुटवल । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले साउनदेखि हालसम्म लाखौँ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार साउन १ गतेदेखि भदौ २५ गतेसम्म ४४ लाख ३४ हजार ६ सय रुपैयाँबराबरको राजस्व छली गरी ल्याएको अबैध सामानहरु बरामद गरेर कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।
१९ लाख १८ हजार तीन सय रुपैयाँबराबरको लत्ता कपडा, १६ लाख ४४ हजार पाँच सय ६० रुपैयाँ बराबरको खाद्यान्न, दुई लाख एक हजार दुई सय रुपैयाँबराबरको हार्डवेयरको सामान, एक लाख ६७ हजार दुई सय रुपैयाँबराबरको इलेक्ट्रोनिक्स सामान, तीन लाख ४४ हजार रुपैयाँबराबरको कवाडको सामान, ९४ हजार रुपैयाँबराबरको मल, पाँच हजार रुपैयाँबराबरको अवैध मदिरा (सोफी), ४९ हजार आठ सय ४० रुपैयाँबराबरको मोटर पाटर््स र दश हजार सात सय रुपैयाँबराबरको अवैध कुखुरा बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको पाण्डेले बताए ।
उक्त अवैध सामानहरु बोक्न प्रयोग हुने दुईवटा मोटरसाइकल, एक÷एक वटा ट्याक्टर र पिक अप भ्यान समेत नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको उनले जानकारी दिए । यस्तै उनले साउन १ देखि भदौ २५ गतेसम्म अदालतबाट जरिवाना तथा कैद फैसला भई फरार रहेका १५ जना फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाएको समेत बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया