सृजनशील लघुवित्तको सेयर बाँडफाँट
काठमाडौं । सृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित सृजनशील लघुवित्तको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका तीन लाख ९३ हजार सात सय ५० कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानीकोषलाई वितरणपश्चात् बाँकी भएको तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर यही भदौ १५ देखि यही भदौ १९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये १८ लाख ३८ हजार सात सय ५१ दरखास्त फारामबाट कुल एक अर्ब ९९ करोड ७२ लाख छ सय ८० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।
उक्त निष्काशनमा आवेदन दिने १८ लाख ३८ हजार सात सय ५१ जना आवेदकहरुमध्ये रीत नपुगेका एक हजार तीन सय १५ जना आवेदकहरुलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ३७ हजार चार सय ३६ जना आवेदकहरुलाई एउटै समूहमा राखी ३६ हजार आठ सय ५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर नियमन निकायका प्रतिनिधिहरुको रोहवरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सेयर बाँडफाँट कार्य सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया