Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरस संक्रमणले डिटोलका उत्पादनको बिक्री बढ्यो

कोरोना भाइरस संक्रमणले डिटोलका उत्पादनको बिक्री बढ्यो


लन्डन, फागुन १६

कोरोना भाइरस संक्रमण विश्वभर फैलिँदै गर्दा डिटोल र लाइसोलको बिक्री ह्वात्तै बढेको छ । बीबीसीका अनुसार वैज्ञानिक रुपमा यसले भाइरस संक्रमण कति मात्रामा रोक्न सक्छ भन्ने पुष्टि नभए पनि डिटोलको बिक्री बढेको हो । चीनमा डिटोल ब्रान्डका हातमा प्रयोग गर्ने जेलको माग उच्च भएको कम्पनीका रेकिट बेन्सकिसरले बताए । विश्व सेयरबजार लगातार छैठौँ दिन ओरालो लागिरहँदा डिटोलले राम्रै कमाइ गरिरहेको छ । कोरोना भाइरसले सबैजसो कम्पनीलाई असर गरेको छ । लक्जरी कार निर्माता एस्टन मार्टिन र पेय पदार्थ निर्माता अन्ह्युजर बुस्च इनबेभले पनि आफ्नो व्यवसायमा असर गर्ने चेतावनी दिएका छन् ।

एबी इन्बेभ विश्वकै ठूलो बियर निर्माता हो । उसको सेयर ९ प्रतिशतले ओरालो लागेपछि सन् २०२० को वृद्धि अनुमान समेत कम्पनीले सार्वजनिक नगर्ने भएको छ । त्यस्तै एस्टन मार्टिनको सेयर पनि ओरालो लागेको छ ।यता डिटोलले स्टोर बन्द भए पनि अनलाइन बिक्री भइरहेको जनाएको छ । भाइरस संक्रमणको बेला हात धुन डिटोलको साबुनको माग बेलायतमा उच्च भएको हो । नियमितभन्दा नयाँ ग्राहक डिटोलले पाएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x