Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजो २६ वर्षमै अर्बपति बने

जो २६ वर्षमै अर्बपति बने


एजेन्सी नयाँ दिल्ली, फागुन१६

भारतका एक युव २६ वर्षमै अर्बपति बनेका छन् । ओयो होटलका संस्थापक भारतीय युवा रितेश अग्रवाल आफ्नै बलबुतामा अर्बपति बन्न सफल भएका हुन् । उनले १९ वर्षको उमेरमा यसको सुरुवात गरेका थिए । हुरुन ग्लोबल रिच सूचीमा उनलाई ‘सेल्फ मेड बिलेनियर’ भनिएको छ । उक्त सूचीको पहिलो नम्बरमा भने २२ वर्षीया कायली जेनर छिन् ।

भारतको उडिशा हुन् उनी । उनले कलेज समेत छोडेका थिए । तर सन् २०१३ मभा उनले १ लाख डलरको पिटर थाइल फेलोशिप मिलेको थियो । सन् २०११ मा उनी दिल्ली आएका थिए । सोही क्रममा उनलाई कुनै व्यवसायको तलतल लाग्यो । उनले इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा समेत छोडेका थिए । सन् २०१३ मा उनले ओयोको सुरुवात गरे । १ लाख डलरको फेलोशिपकै पैसा उनले ओयोमा लगानी गरे । सेप्टेम्बर २०१८ सम्म आइपुग्दा ओयोले १ अर्ब डलरको लगानी जुटायो । सन् २०१९ जुलाईमा उनले कम्पनीमा आफ्नो सेयर स्वामित्व तीन गुणा वृद्धि गरे । यसका लागि उनले २ अर्ब डलरको सेयर खरिद गरेका थिए । नवभारत टाइम्सबाट


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x