Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिलाले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

सांग्रिलाले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल सञ्चार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सप्mटवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् । यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सीएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ । भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरी ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आईभीआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्येक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ । छ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र बिक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो ।

पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी कार्गो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् । भक्स्क्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x