Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताबमोजिम उक्त गाउँपालिकामा साउन १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वार्षिक पाँच हजार रुपैयाँ बीमा शुल्कबराबर हुन आउने बीमांक रकमबराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बीमा योजनाको लागि सम्झौता भएको हो ।

बीमासम्बन्धी सम्झौतापत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति थियो ।

आजका बालिबालिका भोलिका देशका गहना हुन् उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने वातावरण तयार ग-यौँ भने उनीहरुको भविष्य उज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षाको कवचको काम गर्नेछ । यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीय कार्य गरको र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महशुस गर्ने र आगामी दिनमा समेत नेपालको कुनै पनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले बताए । यो बीमासम्बन्धी सम्झौता यही भदौ २९ गते भएको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x