Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमार्च १ देखि बंगलादेशमा बिजुलीको मूल्य बढ्ने

मार्च १ देखि बंगलादेशमा बिजुलीको मूल्य बढ्ने


एजेन्सी बंगलादेश,फागुन १६

बंगलादेशको ऊर्जा नियमन आयोग (बीईआरसी)ले विद्युत्को मूल्य ५.३ प्रतिशतले बढाएको छ । यो खुद्रा बजारमा बढेको वृद्धि हो । त्यस्तै होलसेल लेभलमा भने ८.४ प्रतिशतले महसुल बढाएको छ । द डेली स्टार अनलाइनका अनुसार बढेको मूल्य मार्च १ देखि कार्यान्वयनमा आउनेछ ।

बीईआरसीका प्रमुख मोनोवार इस्लामले अर्को सूचना नआएसम्मका लागि बढेको दर कायम हुनेछ । रिटेल पावरको बढेको शुल्क ६.७७ टाकाबाट ७.१३ टाका प्रतिकिलोवाट प्रतिघण्टा युनिट र होलसेल लेभलमा ४.७७ टाकाबाट ५.१७ टाका वृद्धि भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x