फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने
पेरिस । फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी ( जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ । एएफपीका अनुसार फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो ।
‘युक्रेनमा भएको युद्धको प्रभावले पूर्वबाट आएको ऐतिहासिक ग्यास प्रवाहउल्टो भएको छ’, जीआरटीग्याजले एक विज्ञप्तिमा भनेको छ । कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउनेछ ।
जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अंक बढी हो ।‘सामान्य जाडोमा ग्यासको कुनै कमी हुनेछैन’, कम्पनीले भनेको छ ।
‘विशेष गरी उच्च खपतको दिनहरूमा, युद्धका कारण ग्यासको आपूर्ति केही कमी भए पनि यसको भरपूर व्यवस्थापन गर्ने काम भइरहेको छ । ‘अत्यधिक चिसो’ हुँदा जीआरटीग्याजले ग्यास आपूर्तिमा लगभग पाँच प्रतिशतको कमी हुने प्रक्षेपण गरेको छ । कम्पनीले अभावका समय हरेक घरपरिवारहरूलाई एक डिग्री सेल्सियसतापक्रम घटाउने सल्लाह पालन गर्न प्रोत्साहित गरेको छ ।
जीआरटीग्याजले भनेको छ, ‘अन्तिम उपायको रूपमा, प्रमुख उपभोक्ताहरूलाई लक्षित गरी लोडसेडिङले आवासीय ग्राहकहरूलाई चरम परिस्थितिमा जोगाउन सक्छ जुन धेरै सम्भावना छैन ।’ प्रधानमन्त्री एलिजाबेथ बोर्नले युक्रेनमा रूसको आक्रमणबाट उत्पन्न व्यवधानका कारण यस हिउँदमा बढ्दो ऊर्जा लागतको सामना गर्न देशलाई सहयोग गर्ने सरकारको योजना प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला यो भनाइ आएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया