Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुन १९ सय २४ बिन्दुमा खुम्चियो सेयर बजार

पुन १९ सय २४ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४७ दशमलव ४४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन ५७ अंकले ओरालो लागेर १९ सय २४ दशमलव ४८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव १३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएका छन । जसबाट यसदिन कुल सेयर कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x