सन् २०२१ : नेपाली पर्यटनका दुःख र प्रमुख १० देश
काठमाडौं । नेपाली पर्यटनको कुरो गर्दा सन् २०२०/०२१ धेरै दुःखद रहेको थियो । त्यसो हुनुको खास कारणचाहिँ सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिन सुरु भएको नोभेलकोरोना भाइरस (पछि भाइरल रोग विज्ञहरुले ‘कोभिड–१९’ दिएको) महामारीले नै हो । जसले गर्दा लगभग २९ महिनासम्म पनि विश्व पर्यटनले सन् २०१९ ताकाको गतिमा फर्कन नसकेको अवस्था छ, अझ अगाडि बढ्ने त कुरै भएन ।
स्मरणीय छ, सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीकै कारण सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले मात्रै भ्रमण गरेका थिए । तापनि सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि भने बढेर १५ दशमलव एक (१५.०१) दिन पुगेको थियो । त्यस्तै सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन ६५ अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अझ घट्यो । स्मरणीय छ, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । हुन त यस्तो दशा नेपाललाई मात्रै लागेको नभएर विश्वभरिकै देशहरुलाई लागेको थियो ।
संयुक्त राष्ट्रसंघसँग आबद्ध विश्व पर्यटन संगठन (यूएन डब्लुटीओ) का अनुसार सन् २०२० मा विश्वमा चार सय एक मिलियन (चालीस करोड ४४ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७४ प्रतिशतले कम हो । तर, सन् २०२१ मा भने चार सय १५ मिलियन (चालीस करोड ५५ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७२ प्रतिशतले कम संख्या हो । हुन पनि सन् २०१९ मा एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब ५० लाख पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१८ को तुलनामा विश्व भ्रमण गर्न निक्लेको पर्यटकको संख्या ४ दशमलव ३ प्रतिशतले बढी संख्या हो ।
यसरी महादेशको हिसाबबाट सन् २०२० को तुलनामा सन् २०२१ मा विश्व भ्रमण गर्ने पर्यटकको संख्याको बढोत्तरी अर्थात् बढेको तथ्यांक हेर्दा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक बढेको भनेको युरोप महादेशमा देखिन्छ । त्यसमा पनि देशपिच्छे तथ्यांक छुट्याएर हेर्दा फ्रान्समा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको देखिन्छ । हुन पनि सन् २०२१ मा फ्रान्समा मात्रै ८ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांंक देखिन्छ । त्यस्तै सन् २०२१ मा दोस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै स्पेन रहेको छ । जहाँ सन् २०२१ मा ८ करोड ३७ लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा तेस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ उत्तर अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका रहेको छ । सुंयुक्त राज्य अमेरिकामा सन् २०२१ मा ७ करोड ९३ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ । सन् २०२१ मा चौथो धेरै विदेशी पर्यटकले भ्रमण गरेको देशचाहिँ एसिया महादेशको चीन रहेको छ ।
सन् २०२१ मा चीनमा ६ करोड ५७ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यस्तै गरेर पाँचौँ धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै इटली रहेको छ । स्मरणीय छ, सन् २०२१ मा इटलीमा ६ करोड ४५ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा धेरै पर्यटकले भ्रमण गरेको छैठौँ देश आप्mनो आधा भूगोल युरोप र आधा भूगोल एसियामा पर्ने तर, आपूmलाई सधैँ युरोप महादेशकै एक देश भनेर दाबी गर्ने टर्की रहेको थियो । याद रहोस्, टर्कीमा सन् २०२१ मा ५ करोड १२ लाख विदेशी पर्यटक भ्रमण गर्न गएका थिए । त्यस्तै सन् २०२१ मा सातौँ स्थानमा रहेको (विदेशी पर्यटकले भ्रमण गरेको) देशचाहिँ उत्तर अमेरिका महादेशको मेक्सिको हो ।
स्मरणीय छ, सन् २०२१ मा मेक्सिकोमा ४ करोड ५० लाख विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ भने सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको आठौँ देशमा एसिया महादेशको थाइल्यान्ड रहेको छ । सन् २०२१ मा थाइल्यान्डमा ३ करोड ९८ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै सन् २०२१ मा नवौँ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै जर्मनी रहेको छ । ज्ञातव्य रहोस्, जर्मनीमा सन् २०२१ मा ३ करोड ९६ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा १०औँ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशको बेलायत रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा बेलायतमा ३ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया