सप्तकोशी सप्लायर्सको दशैँ अफर
काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैँ अफर ल्याएको छ । दशैँको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।
अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेशनल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटक–पटक मर्मतसम्भार गर्नबाट छुट्कारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।
यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल निःशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक बोध प्रसाद तिमिल्सिनाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया