Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रतिष्ठानको फार्मेसी औपचारिक रुपमा शुभारम्भ

प्रतिष्ठानको फार्मेसी औपचारिक रुपमा शुभारम्भ


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालमा ल्याएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी रुपमा पहुँच सुनिश्चित गर्नका लागि प्रतिष्ठान आफैँले फार्मेसी स्थापना गरी पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो ।

फार्मेसीको बिहीबार एक समारोहबीच प्रतिष्ठानका उपकूलपति डा. ज्ञानेन्द्र गिरीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । आफ्नै फार्मेसीमार्फत सेवाग्राहीहरुलाई शुलभ एवम् गुणस्तरीय सेवा पु-याउने हेतुले सञ्चालित फामेर्सीले सर्वसाधारणलाई गुणस्तरीय औषधि सर्वसुलभ रुपमा उपलब्ध गराउने उपकुलपति गिरीले बताए ।

अस्पताल हाताभित्रैबाट औषधिहरु उपलब्ध हुँदा बिरामीहरुलाई रातविरात अन्यत्र जानुपर्ने समस्याबाट राहत भएको उनको भनाइ थियो । औषधि र औषधिजन्य सामग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाई भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठानको फार्मेसीबाट बेडमा नै औषधि पु-याउने सेवा सञ्चालन गर्ने तयारी थालिएको अस्पताल निर्देशक एवम् फार्मेसी सञ्चालन तथा व्यवस्थापनका संयोजक डा.जगत नारायण प्रसादले जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरु प्रसाद खनाल, रजिष्टार प्राडा सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद, विभिन्न विभाग, महाशाखा, शाखाका प्रमुखहरु लगायत शिक्षक, कर्मचारीहरुको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x