Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीको ‘अस्थायी कब्जामा’ रुसी तेल कम्पनी

जर्मनीको ‘अस्थायी कब्जामा’ रुसी तेल कम्पनी


बर्लिन । जर्मन सरकारले अस्थायी रुपमा रुसी ऊर्जा कम्पनी रोसनेफ्टका दुई सहायक कम्पनीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जर्मनमा रहेका तीन प्रशोधन गृहमा रहेको रोसनेफ्टको सेयर स्वामित्व सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । तीमध्ये उत्तरपुूर्वी क्षेत्रमा रहेको मुख्य कम्पनी पनि परेको छ । जसले बर्लिनको ९० प्रतिशत हाराहारीको इन्धन आपूर्ति गर्छ । त्यसैमा रोसनेफ्टको धेरै सेयर स्वामित्व छ ।

जर्मनीका अर्थमन्त्रीले यो कदमलाई आवश्यक भनेका छन् । जर्मनको ऊर्जा सुरक्षाका लागि यो अपरिहार्य भएको उनको भनाइ छ । अप्रिलमा पनि रुसी ग्यास कम्पनी गाजप्रोमका सब्सिडरी कम्पनीहरुको स्वामित्व जर्मनीले नियन्त्रणमा लिएको थियो ।

शुक्रबार जर्मन सरकारले ब्रान्डेनबर्गमा रहेको पीसीके स्कवेड्ट रिफाइनरीको स्वामित्व राष्ट्रिय ऊर्जा नियामकलाई दिएको थियो । उसैलाई अरु दुईवटा रिफाइनरीको स्वामित्व पनि हस्तान्तरण गरिएको छ । ग्राहकहरुले रोसनेफ्टसँग कारोबार गर्न नपाएकोले यस्तो निर्णय लिइएको जर्मन सरकारले बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x