Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यापुमा दशैँ धमाका, ५० प्रतिशतसम्म छुट

ग्यापुमा दशैँ धमाका, ५० प्रतिशतसम्म छुट


काठमाडौं । नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैँको अवसरमा विशेष अफर ल्याएको छ । यस अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् ।

ग्यापुको दशैँ धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामग्री, कपडा, सौन्दर्य सामग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । त्यस्तै, एनआइसी एसिया बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम पाँच सय रुपैयाँ) क्यासब्याक, हिमालय बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम एक हजार), एनसीसी बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम दुई हजार) र माछापुच्छ्रे बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम एक हजारसम्म) क्यास ब्याक दिने भएको छ ।

त्यस्तै इ–सेवाबाट भुक्तानी गर्नेमध्ये अफर अवधिभर दैनिक दुई जना ग्राहकले लक्की ड्रमार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा फोन पे, आईएमई पे, कनेक्ट आईपीएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैंकिङबाट पनि ‘क्यूआर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिनसक्ने कम्पनीले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x