‘पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने खतरा’
इस्लामाबाद । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् । पाकिस्तानमा मनसुनी वर्षाका कारण बेलायतको एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६०० जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ ।
सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । धेरै लामखुट्टेको टोकाइबाट बच्न अस्थायी टेन्टमा बसिरहेका छन् । प्रायः स्थानमा सफा पिउने पानी वा धुने सुविधाको अभाव छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेंगु, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताए । राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो व्यक्तिगत चिन्ता के हो भने पानीबाट हुने रोगबाट हुने मृत्यु दर कुपोषणबाट हामीले अहिलेसम्म देखेको भन्दा बढी हुनेछ ।’
यो एक शान्त तर यथार्थवादी बुझाइ हो । बाढीका कारण करिब तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण करिब २० लाख घर तथा व्यापारिक परिसर ध्वस्त भएका छन् । सात हजार किलोमिटर सडक बगाएको छ भने ५०० पुल भत्किएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया