Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटकीय संरचना निर्माण गर्न ३३ रोपनी जग्गा दान

पर्यटकीय संरचना निर्माण गर्न ३३ रोपनी जग्गा दान


दोलखा, फागुन १८

दोलखाको तामाकोशी गाउँपालिकालाई भ्युटावर, पानी पोखरीलगायतका पर्यटकीय संरचना निर्माण गर्न गाउँपालिकाभित्रका स्थानीयले ३३ रोपनी जग्गा दान गरेका छन् ।तामाकोशी गाउँपालिका ६, च्यामा घोरनागीमा गाउँपालिकाले भ्युटावर, पोखरी र पिकनिक स्पट बनाउने भएपछि च्यामाका चन्द्रबहादुरलगायत १५ जनाले आफ्ना पुर्खा पर्मानन्द फुयाँलको नामबाट आपूmहरूको नाममा आएको ३३ रोपनी जग्गा गाउँपालिकालाई दिएका हुन् । गाउँको विकासमा स्थानीय सरकारजतिकै स्थानीय नागरिकको पनि दायित्व हुने भएको जग्गा दान गरेको चन्द्रबहादुरले बताए । ‘स्थानीय सरकार मात्र सबै थोक हैन’, चन्द्रबहादुरले भने, ‘गाउँको विकासमा स्थानीय सरकारले योजना बनाएर नेतृत्व गर्छ भने स्थानीय नागरिकले पनि आपूmले सक्ने सहयोग गर्नुपर्छ, अनि मात्र विकास सम्भव हुन्छ ।’ कतै स्थानीय सरकारले चासो नदिने र कतै स्थानीय नागरिकले चासो नदिने भएकैले गाउँको विकास नभएको चन्द्रबहादुरलगायतको बुझाइ छ । ‘हामी गाउँको विकासको लागि स्थानीय सरकारसँग हातेमालो गर्न तयार छौँ,’ चन्द्रबहादुरले भने, ‘त्यसैले जग्गा दिएका हौँ ।’

गाउँपालिकाको विकास योजनामा स्थानीय नागरिकले चासो दिएर महत्वपूर्णस्थलको जग्गा दान गर्नु विकासमा सकारात्मक सहयोग भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए । स्थानीयले जग्गादान गरेकोले अब कालिञ्चोक, शैलुङ, गौरीशंकर हिमालजस्ता आकर्षक स्थलहरूको दृश्यावलोकन गर्न सकिने घोरनागीमा गाउँपालिकाले छिट्टै भ्यूटावर र पोखरीसहितको पिकनिकस्पट बनाउने अध्यक्ष पोखरेल बताउँछन् ।स्थानीय नागरिकको सहयोगमा गाउँपालिकाले पर्यटन, कृषिलगायत हरेक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्ने अध्यक्ष पोखरेलको भनाइ छ । तामाकोशी गाउँपालिका ६, मसिनाचौर र ऐरामेका स्थानीय कृष्णप्रसाद फुयाँल (क), कृष्णप्रसाद फुयाँल (ख), मयानाथ फुयाँल (क), मयानाथ फुयाँल (ख), डम्बरकुमारी फुयाँल, भीमप्रसाद शर्मा, दुर्गाबहादुर फुयाँल, चन्द्रबहादुर फुयाँल, अर्घलाल फुयाँललगायत १५ जनाले गाउँपालिकाको अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला केसीको उपस्थितिमा अमिनले नापजाँच गरेअनुसार ३३ रोपनी जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास गरिदिएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x