Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद

इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद


इक्वेडर । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा पक्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन् । बुधबार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थको तस्करीविरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने कुरा उल्लेख गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x