मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिङ कमजोर
लन्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।
सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरी नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपराह्नसम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।
सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।
क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने, ‘म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थ व्यवस्थालाई चलाइरहेका छन् ।’
बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून विन्दुमा पु-याएको छ ।
हन्टरले भने, ‘बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नुपरेको छ ।’ यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपत्कालीन घोषणा गर्नुपर्ने हुनसक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए ।
बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाइ हुने संकेत गरेका छन् ।बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।
सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरी नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपराह्नसम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।
सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।
क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने, ‘म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थ व्यवस्थालाई चलाइरहेका छन् ।’
बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून विन्दुमा पु-याएको छ ।
हन्टरले भने, ‘बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नुपरेको छ ।’ यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपत्कालीन घोषणा गर्नुपर्ने हुनसक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए ।
जार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाइ हुने संकेत गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया