वीरगञ्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल
वीरगञ्ज । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७९/०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्नसकेको छैन । कार्यालयका अनुसार चालू आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
दसैँ पर्व नजिकिँदै जाँदा अघिल्ला वर्षको तुलनामा पर्साको वीरगञ्ज नाका भएर नेपाल भित्रिने सामग्रीमा यस वर्ष निकै कमी आएको छ । चालू आवको पहिलो दुई महिनामा दसैँलगायतका अन्य चाड पर्व लक्षित विभिन्न खाद्यान्न तथा लत्ता कपडाजन्य सामग्रीको आयातमा कमी आएको हो । सरकारले पछिल्लोपटक आयातमा रोक लगाएका विभिन्न सामानबाहेक अन्य खाद्यान्न तथा लत्ताकपडाजन्य सामग्रीहरु आयात भए पनि अघिल्लो वर्षका समीक्षा अवधिको तुलनामा निकै काम मात्रामा भित्रिएका हुन् ।
गत असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपांग्रे सवारीसाधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । चालू आवको साउन महिनाका लागि भन्सार विभागले १५ अर्ब २० करोड सात लाख राजस्व संकलन गर्न लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा दुई अर्ब २१ करोड आठ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजस्व संकलन गरेको थियो ।
त्यसैगरी भदौ महिनाका लागि १९ अर्ब २९ करोड ४५ लाख राजस्व संकलनको लक्ष्य पाएको कार्यालयले पाँच अर्ब १५ करोड २० लाख कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख मात्र राजस्व संकलन गरेको छ ।
वैदेशिक मुद्राको सञ्चितीकरणलाई मध्यनजर गर्दै सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोकका कारण कार्यालयको राजस्व संकलनमा प्रभावित भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व संकलन हुने ठूला तथा साना सवारीसाधन, मोइबाइल फोनलगायतका विलासीसहित विभिन्न १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धकोे प्रत्यक्ष प्रभाव राजस्व संकलनमा देखिएको हो ।
गत आर्थिक वर्ष ०७८/०७९ को भदौ मसान्तसम्ममा राजस्व संकलनको कारोबारका लागि १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्र प्रयोग भएकामा चालू आवको सोही अवधिसम्ममा चार हजार पाँच सय ८९ प्रज्ञापनपत्र मात्र प्रयोग भएको कार्यालयले जनाएको छ । चारपांग्रे सवारीसाधनलगायतका विभिन्न विलासीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएपछि वीरगञ्ज नाका प्रयोग गरी हुने कारोबारमा अन्य समयको तुलनामा करिब २८ प्रतिशतले कमी देखिएको छ । रासस
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया