बजार परिसूचक १६ सय ३२ अंकमा
काठमाण्डौँ,फागुन १५
यो साता सेयर बजार परिसूचक १६ सय ३२ दशमलव १७ अंकमा पुगेर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ४७ दशमलव ६८ अंकमा पुुगेर रोकिएको छ । यो साता धितोपत्र बजारमा एक सय ८० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार चार करोड ४९ लाख ४४ हजार एक सय १३ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार चार सय ९९ रूपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको तुुलनामा झण्डै छ अर्ब रूपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा एक सय ७८ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख तीन हजार पाँच सय दुुई वटा कारोबारमा दुुई करोड ५३ लाख ३३ हजार पाँच सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ११ अर्ब २० करोड ५४ लाख ६४ हजार चार सय ७४ रूपैयाँ पुुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन सेयर बजार उकालो लागेको थियो भने दोस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो । यो साता पहिलो दिन बजार परिसूचक ६९ दशमलव ५६ अंकले उकालो लागेर १५ सय चार दशमलव १४ अंकमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव सात अंकले उकालो लागेर तीन सय १७ दशमलव ५० अंकमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक एक दशमलव २६ अंकले ओरालो लागेर १५ सय दुुई दशमलव १८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४९ अंकले उकालो लागेर तीन सय १८ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक ४३ दशमलव दुुई अंकले उकालो लागेर १५ सय ४५ दशमलव १९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ दशमलव ५७ अंकले उकालो लागेर तीन सय २६ दशमलव ५६ अंकमा चढेको थियो । चौंथो दिन पनि बजार परिसूचक ५० दशमलव ९३ अंकले उकालो लागेर १५ सय ९६ दशमलव १३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४९ अंकले उकालो लागेर तीन सय ३६ दशमलव पाँच अंकमा चढेको थियो ।
अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३६ दशमलव पाँच अंकले उकालो लागेर १६ सय ३२ दशमलव १७ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ६३ अंकले उकालो लागेर तीन सय ४७ दशमलव ६८ अंकमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने नेपाल इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, हिमालयन डिष्ट्रिलरी प्र्रालि आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल बैंक, प्रभुु बैंक, एनएमबी बैंकलगायतका कम्पनीहरू परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । नेप्सेका अनुसार यो साता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ भने गुराँस लघुुवित्त वित्तीय संस्था र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया