Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजुनमा चौथो हिमालयन ट्राभल मार्ट

जुनमा चौथो हिमालयन ट्राभल मार्ट


काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सक्रिय प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी जुनमा काठमाडौँमा चौथो हिमालयन ट्राभल मार्टको आयोजना गर्ने भएको छ ।

पाटा नेपालको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा आगामी जुन ६ देखि ९ तारिखसम्म हुने जानकारी गराइएको हो । साथै कार्यक्रममा मार्टको प्रोमो भिडियो समेत सार्वजनिक गरिएको थियो । एकै थलोबाट विदेशी तथा स्वदेशीको जमघट भई पर्यटन प्रवद्र्धन र व्यवसाय विस्तार गर्ने उपयुक्त फोरमका रुपमा लिइने मार्ट कोभिड महामारीका कारण पछिल्लो समय आयोजना हुनसकेको थिएन । पाटा नेपालले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्टका तीन संस्करण आयोजना गरेको थियो ।

नेपालको पर्यटन व्यवसाय तथा गन्तव्य प्रवद्र्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रुपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेताहरू, हिमालयन बिक्रेता ट्राभल ब्लगर, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ट्राभल उद्योग व्यवसायी र विश्वभरका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता हुनेछ । उनीहरुबीच व्यापार आदानप्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सीप आदानप्रदान गर्ने बी–टु–बी कार्यक्रम पनि सञ्चालन हुनेछ ।

विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिङ्किङ टुरिजम’ लाई आत्मसात् गर्दै संस्थाको ४७औँ वार्षिकोत्सव मण्डिखाटारस्थित गेट कलेजमा पाटा आईडी नामक कार्यक्रम आयोजना गरी मनाएको हो । पाटाले प्रत्येक वर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा संस्थाको स्थापना दिवस उत्सवका रुपमा मनाउने गरेको पाटाले विज्ञप्तिमार्फत जनाएको छ । पाटा आईडी कार्यक्रम सञ्जाल विस्तार, नेटवर्किङ, अन्तत्र्रिmया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कारहरू र मनोरञ्जन कार्यक्रमका रुपमा सम्पन्न भएको पाटाले जनाएको छ ।

पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकहरुको सुरक्षा, गन्तव्य तथा पर्यटन उपजहरुको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा सबै निजी तथा सरकारी सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

पाटाले वार्षिकोत्सवका अवसरमा पर्यटन व्यवसायी जोतिलाल खनाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड, पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीलाई ‘पाटा पर्सनालिटी अफ दी इयर र बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई ‘टुरिज्म ट्रेल ब्लेजर’ अवार्डबाट सम्मान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x