Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारमा रहेका नेपालीलाई सचेत रहन आग्रह

कतारमा रहेका नेपालीलाई सचेत रहन आग्रह


काठमाडौँ, फागनु १९
कतारको दोहामा रहेको नेपाली राजदूतवासले कतारमा रहेका नेपालीहरूलाई कोरोना भाइरसको प्रकोपबाट बच्नको लागि सतर्कता अपनाउन आग्रह गरेको छ । दूतवासले आज एक विज्ञप्ति जारी गर्दै सफा रहन तथा भेटघाटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ । विज्ञिप्तिमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारमा रहेका नेपाली समुदायले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा अयोजना हुने कार्यक्रमहरू (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई सञ्चालन नगर्न÷नगराउन तथा साप्ताहिकलगायतका बिदाका अवसरहरूमा भीडभाड तथा अत्यधिक जमघट हुने स्थानहरूमा अत्यावश्यक अवस्थामा बाहेक नजान तथा जानै परेमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस अति प्रभावित मुलुकहरूमा भ्रमण नगर्नसमेत दूतवासले कतारमा रहेका नेपालीलाई सचेत गराएको छ । हाच्छियुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि, हात फोहोर भएमा वा जनावार छोएपछि अनिवार्यरूपमासधैँ साबुनपानीले हात धुने, सबाुनपानी नभएमा सेनिटाइजर प्रयोग गर्न दूतवासले आग्रह गरेको छ भने फोहोर हातले नाक, मुख र आँखा नछुने, हाच्छियँु गर्दा वा खोक्दा नाक र मुख बन्द गर्ने वा रुमाल प्रयोग गर्ने भनेको छ ।यस्तै दूतवासले नेपालीहरूलाई रुघाखोकीको संक्रमण भएका वा श्वास प्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न, रुघाजन्य समस्या भएमा मास्क लगाउन, रुघाजन्य संक्रमण भएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।दूतावासले कतारको स्वास्थ्य मन्त्रालयबाट २९ फेब्रुअरी २०२० मा जारी हेल्थ एडभाइजरीअनुसार हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरूमध्ये एक जना ३६ वर्षीय कतारी नागरिक (पुरुष) कोरोना भाइरस (सोओभीआईडी १९)बाट संक्रमित भएको पुष्टि भएको जनाएको भन्दै नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x