प्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक
तेहरान । इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन् ।
देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी सहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकारविरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेका केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ । देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न उनीहरूले प्रसारणमा अवरोध गरेका हुन् ।
शिर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएपछि देशभर सुरू भएको विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन् । त्यस क्रममा धेरैको मृत्यु भएको छ ।
सरकार, विपक्षी समूह, अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन् । नर्वेमा रहेको इरान–केन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन सुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया