अध्ययन केन्द्र निर्माणका लागि श्रीमद्भागवत
जनकपुरधाम, फागुन १९
मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको लागि जनकपुरधामको जानकी मन्दिरमा सप्ताहव्यापी सङ्गीतमय श्रीमद्भागवत कथा सुरु भएको छ । मैथिल ब्राह्मण महासभा नेपालको आयोजनामा आइतबारबाट श्रीमद्भागवत कथा सुरु भएको हो । उक्त अध्ययन केन्द्र स्थापना गर्नको लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मंडलका सदस्य एवं धनुषाका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले संसदीय कोषबाट ५० लाख दिने बताएका छन् । मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको लागि अर्थ संकलन गर्न सो कथा वाचनको आयोजना गरिएको मैथिल ब्राह्मण महासभा नेपालका अध्यक्ष भगवान झाले बताए ।
करिब सात करोडको लागतमा जनकपुरधाममा छ तल्ले अध्ययन केन्द्रको भवन निर्माण गर्न लागिएको छ । उक्त मिथिला संस्कृति अध्ययन केन्द्रको पहिलो तल्लामा भाडाको लागि हल निर्माण गरिने, दोस्रो तल्लामा देवलोक बनाइने भएको छ । उक्त देवलोकमा विभिन्न देवी देवताका मूर्ति निर्माण हुुनका साथै तेस्रो तल्लामा मिथिला संग्रहालय निर्माण हुने भएको छ । सो संग्रहालयमा मिथिलाका धरोहरहरू, पुराना समयमा प्रयोगमा आउनेगरेका सामान र लोप हुने अवस्थामा रहेका सामानको प्रतिमा बनाइनेछ । त्यस्तै चौथो तल्लामा ई–लाइब्रेरी, सम्मेलन हल तथा पाँचौ र छैटौँ तल्लामा आवासीय कोठा निर्माण गरिने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया