प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक
काठमाण्डौँ,फागुन १९
नेपाल टेलिकमले प्रतिएमबी करिब ५ पैसामा नै चलाउन सकिने लार्ज डाटा प्याक उपलब्ध गराइरहेको जनाएको छ । यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मकरूपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ । कम्पनीले यसअन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य एक हजार छ सय रूपैयाँ छ ।
त्यसैगरी ६० जीबी प्याक एक सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार रूपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिब ५ पैसा मात्र खर्च लाग्दछ । लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरेर विन्टर अफरअन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नुपर्दछ । त्यसैगरी सिधै स्टार १४१५ स्टार १ स्टार ७ ह्याक्स डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरू सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः अग्रेजीमा डाटा ३० जीबी वा डाटा ६० जीबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया