हुन्डाईद्वारा विश्वकप २०२२ लक्षित ‘टेस्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा
काठमाडौं । हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप २०२२ लक्षित गोल अफ द सेन्चुरी अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।
कम्पनीले मंगलबार लक्की ड्रमार्फत दुई जना विजेताहरुको छनौट गरेको हो । शेर बहादुर जिसी र हस्तमाया गुरुङ्ग लक्की ड्रमार्फत विजेता भएका छन् । उनीहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्नेछ ।
कम्पनीले विश्व कप २०२२ लक्षित ‘हुन्डाई टेष्ट ड्राईभ, वाच लाइभ फिफा वल्र्ड कप २०२२’ सञ्चालन गरेको थियो । यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरका हुन्डाईको १७ वटा शोरुमहरुबाट कुनै पनि हुन्डार्ई गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुन्डार्ईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो ।
क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्यधिक चर्चा बटुल्न पनि सफल रहेको कम्पनीको दाबी छ । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुन्डार्ई सबैको रोजाइको ब्राण्ड बन्न सफल भएको छ । फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्यसहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नेपालभरका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया