खल्तीबाट नै अब रेमिट्यान्स गर्न मिल्ने
काठमाण्डौँ,फागुन १९
खल्ती वालेट र नेपाल रेमिटबीच खल्ती एपबाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ । योसँगै अब नेपालमै पहिलो पटक अनलाइनबाटै रेमिट्यान्स गर्न मिल्ने भएको छ । विगत १५ वर्षदेखि निरन्तर अतुलनीय सेवा दिँदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्तीबीच भएको सम्झौताअनुसार आइतबारबाट नै खल्ती एपको प्रयोगकर्ताहरूले एपको प्रयोग गरी मिनेटभरमै नेपालभर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् ।
साथै आगामी दिनहरूमा नेपाल रेमिटको देशैभर छरिएर रहेको सात हजार पाँच सयभन्दा बढी एजेन्टहरूको अफिसबाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुनाबाट नेपाल रेमिटमार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरी निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी गरेको छ । कम्पनीले प्रविधिको व्यापक प्रयोग गरी रेमिट्यान्स सेवालाई सस्तो, सुरक्षित, र छिटोछरितो बनाउने अभियानमा नेपाल रेमिट रहेको नेपाल रेमिटका प्रविधि विशेषज्ञ बसन्त भुसालले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया