Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘कलिङ्गा साहित्य महोत्सव काठमाडौं’ शनिबारदेखि हुने

‘कलिङ्गा साहित्य महोत्सव काठमाडौं’ शनिबारदेखि हुने


ललितपुर । ‘कलिङ्गा साहित्य महोत्सव काठमाडौं’को सबैभन्दा ठूलो उत्सव शनिबारदेखि ललितपुरमा हुने भएको छ । यस वर्षको साहित्यिक भावना वार्षिक ‘कलिङ्गा साहित्य महोत्सव काठमाडौं’ ‘भारत र नेपाल ः सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ होटल हिमालयमा हुनलागेको हो ।

साहित्यक महोत्सव असोज २९ र ३० गते दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रम साहित्यिक भावनाको सबैभन्दा ठूलो उत्सव हुने बताइएको छ । यस्तै, कार्यक्रममा ७५ प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम कि शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन् । मालिनी अवस्थीको पनि प्रस्तुति हुनेछ । भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पी. , राज शेखर, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता रहनेछ । साथै विशेष व्यक्तित्वहरूबीच कला, साहित्य र संस्कृतिका विभिन्न विषयहरूमा छलफल हुनेछ ।

यस्तै, महोत्सवमा तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरुङ, दिनेश अधिकारी, प्रा. गोपाल भण्डारी, वसन्त चौधरी, प्रा.डा. वासुदेव त्रिपाठी, आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, प्रभा. बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, गोपाल आशक, उमा सुवेदी लगायतको सहभागिता रहनेछ । यस महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन र कला, संस्कृति र साहित्यको प्रवर्द्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएका छौँ । यशस्वी प्रज्ञा फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभल काठमाडौं संस्करणको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । सूर्य नेपाल महोत्सवको साझेदार छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) कलिङ्गा साहित्य महोत्सवको मुख्य प्रायोजक रहेको छ । भने सामाजिक सञ्जालमार्फत ‘लाइभ सत्र’ समेत जोडिन सकिने बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x