मिर्मिरे लघुवित्तको खुद मुनाफामा सामान्य वृद्धि
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सामान्यरूपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा २० करोड ८१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १९ करोड २७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा दुई अर्ब ७४ करोड २३ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८३ करोड ४९ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५६ लाख २३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ८८ करोड ३५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड ७७ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया